
बीरगंज १६ पुस । जनकपुरधाम उपमहानगरपालिका – ४ माछा बजारबाट स्रोत नखुलेको रकम १० लाख ३ हजार ८ सय ५ रुपैयाँ सहित महोत्तरी एकडारा गाउँपालिका – ४ घर भएका ३५ वर्षीय रंजित कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियाे।
प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो।
यस क्रममा प्रहरीले उनका प्रयोगमा रहेको म.प्र.०२ - ००९ प ०५४३ नम्बरको स्कुटर समेत बरामद गरेको छ। प्रहरीले यस घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान सुरु गरेको जनायाे।




प्रतिक्रिया