बीरगंज २२ मंसिर । प्रहरीले काठमाडौँको कुलेश्वरबाट एकजना हुण्डी कारोबारीलाई पक्राउ समाचार गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ घर भएर कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन् ।
आरोपीको साथबाट र डेराबाट ५७ लाख ४७ हजार ३५० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जनाए ।
काठमाडौँ महानगरपालिका वडा नंम्बर १४ कुलेश्वर स्थित चुन्ने पाखा टोलमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको थियाे ।
आरोपी विरुद्ध हुण्डी कारोबार गर्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको खबर छ ।






प्रतिक्रिया