$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

दाइजो मात्र होइन, परस्त्री सम्बन्ध लुकाउन खुस्बुको हत्या !

580


वीरगंज, ७ असार । वीरगंज महानगरपालिका वडा नं १३ श्रीपुर चौकी नजिकै रहेकाे राधेमाई टाेलमा बस्ने २० वर्षीया नव विवाहिता खुस्बुन खातुनको शङ्कास्पद मृत्यु प्रकरणले अब नयाँ र भयानक मोड लिएको समाचार छ।

दाइजोको निहुँमा मात्र नभई श्रीमान्‌को अवैध परस्त्री सम्बन्ध लुकाउन खुस्बुनको योजनाबद्ध हत्या गरिएको बलिया प्रमाणहरू बाहिर आएका छन्।
‎मृतक खुस्बुका बुबा अशरफ अलीले आज वीरगंजकाे होटल पशुपतिमा पत्रकार सम्मेलनको आयोजना गर्दै छोरीलाई निर्ममता पूर्वक कुटपिट गरी हत्या गरेपछि आत्महत्याको रूप दिन झुण्ड्याइएको दाबी सहित स - प्रमाण नयाँ तथ्यहरू उजागर गर्नुभएको छ।

‎विवादको मुख्य जड : श्रीमान्‌को परस्त्री सम्बन्ध र यातना

‎पत्रकार सम्मेलनमा बुबा अशरफ अलीले दिएको जानकारी अनुसार, ज्वाइँ अरबाज अलीले घरमै बसेर सधैँ अन्य केटीसँग मोबाइल फोनमा कुराकानी गर्ने गरेका थिए। श्रीमान्‌को यो हर्कत खुस्बुले सुनेपछि दुईबीच विवाद चर्किएको थियो। आफ्नो अवैध सम्बन्ध लुकाउन र विरोध गरेकै कारण श्रीमान् अरबाजले खुस्बुलाई लगातार अमानवीय तरिकाले कुटपिट र यातना दिँदै आएका थिए।
‎हत्या प्रमाणित गर्ने पत्रकार सम्मेलनमा सार्वजनिक मुख्य ५ प्रमाणहरू :-

‎१. भित्रबाट बन्द नै थिएन ढोकाको चुकुल :-
‎प्रहरीको फोन आएपछि मृतकका बुबा अशरफ र काका लाल साहेब घटनास्थल पुगेका थिए। घर अगाडि भीड देख्नासाथ बुबा बेहोस भएपछि काका लाल साहेब दौडिँदै कोठा अगाडि पुगे। त्यहाँ उभिएका प्रहरीको अनुरोधमा लाल साहेबले बिस्तारै लातले हिर्काउनासाथ ढोका एकै पटकमा खुल्यो। भित्रबाट ढोकाको चुकुल बन्द नै नगरिएको दृश्यले खुस्बुले आत्महत्या गरेको नभई कसैले हत्या गरेर झुण्ड्याई ढोका तानेर भागेको प्रष्ट पारेको छ।
‎२. भाइरल भिडियो – प्रहरी भ्यानमै अरबाजको स्वीकारोक्ति :-

‎अहिले सामाजिक सञ्जालमा एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ। प्रहरीले आरोपी श्रीमान् अरबाज अलीलाई पक्राउ गरी भ्यानमा चढाउने क्रममा उनले प्रहरी र भीडको अगाडि खुल्लमखुल्ला "मैले नै कुटेर मारेको हो" भनी अपराध स्वीकार गरिरहेको दृश्य देखिन्छ।
३. शरीरभरि निलडाम र नकाटिएको डोरी :-

‎पत्रकार सम्मेलनमा खुस्बुका आफन्तहरूले उनको शव झुण्डिरहेको तस्बिर तथा मृत्युअघि कुटपिटबाट हातमा लागेको निलो डाम, अर्को हात काटेको र पिठ्युँभरी लागेको चोटका तस्बिर तथा भिडियोहरू सार्वजनिक गरेका छन्।

४. मृत्युको अघिल्लो दिनको भावविह्वल अडियो म्यासेज :-

‎खुस्बुकी आमा खतिजन खातुनले पत्रकार सम्मेलनमा छोरीले मृत्युको एक दिन अगाडि बेलुका ४:४५ बजे बुबाको मोबाइलमा पठाएको एउटा अडियो रेकर्ड सुनाउनुभयो। जसमा खुस्बुले रुँदै भनेकी छिन् – "बुबा एकदमै जरुरी छ, आमासँग कुरा छिटो गराउनुहोस्।" संजोगवश बुबाले समयमा सो अडियो नसुन्दा र भोलिपल्ट मात्र थाहा पाउँदा छोरीलाई बचाउन नसकिएको भन्दै आमा खतिजन रोएकी थिइन्।
५. चार पटकसम्म पञ्चायत : हरेक पटक ढाँटेर बचनबद्धता

‎यसअघि मिडियामा आएजस्तै यस घटनालाई लिएर गाउँमा चार पटक पञ्चायत बसेको रहस्य खुलेको छ :-
‎पहिलो पञ्चायत : खुस्बुका फुफाज्यू हजरत अनवरका अनुसार सासु - ससुराले "छोराबाट गल्ती भयो, अब सम्झाउँछौँ" भनी जिम्मेवारी लिएपछि टुङ्गिएको थियो।
‎दोस्रो पञ्चायत : मुर्ली चौकाका स्थानीय जलिल मिया अन्सारीको उपस्थितिमा पञ्चहरूले अरबाज र उनका आमाबुबालाई सुध्रिन चेतावनी दिएका थिए।
‎तेस्रो पञ्चायत : खुस्बुका काका रुना आलम साक्षी रहेको पञ्चायतमा अरबाजले अबदेखि कुटपिट नगर्ने र खाना-पिना राम्रो दिने माैखिक बचन दिएका थिए।
‎चौथो तथा अन्तिम पञ्चायत : आजभन्दा १० / १२ दिन अगाडि खुस्बुका हजुरबुबा (नाना) अब्दुल गफुर मिया, वीरगंज महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष हिरा गिरी, पूर्व वडाध्यक्ष तुफान अन्सारी र नेता शशी कपुर मियाको उपस्थितिमा बसेको थियो।

अरबाजले घरमा नराख्ने र यातना दिने क्रम नरोकेपछि बुबा अशरफ अलि बाध्य भएर जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेल, वीरगंजमा मुद्दा दर्ता गर्न हिँडेका थिए। तर, पञ्चहरूले बीचबाटै बाट फर्काएर पुनः मेलमिलाप गराई खुस्बुलाई त्यहीँ पठाएका थिए, जुन अन्ततः उनको काल बन्यो।
६ महिनाअघि बाँधिएको थियो लगनगाँठो

‎गत १९ जनवरी २०२६ मा मुस्लिम रीतिरिवाज अनुसार ६ महिनाअघि खुस्बुको विवाह पर्सा जिल्लाको वीरगंज महानगरपालिका अन्तर्गत श्रीपुर चौकी नजिकै पर्ने राधेमाई टाेल निवासी २४ वर्षीय अरबाज आलमसँग धुमधामका साथ भएको थियो।

विवाहको समयमा खुस्बुका बुबाले गच्छे अनुसारको दाइजो दिएर छोरीकाे बिबाह गर्नु भएकाे थियाे । तर, विवाहको केही दिन नबित्दै खुस्बुका लागि ससुरालीकाे घर काल बन्न पुग्यो।
कडा कारबाहीको माग

‎पत्रकार सम्मेलनमा उपस्थित महिला नेत्री नजमा खातुनले यो सामान्य आत्महत्या नभएर क्रुर र योजनाबद्ध तरीकाले हत्या भएको बताउँदै सरकार र स्थानीय प्रशासनसँग सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गर्नुभएको छ।

साथै दाइजो र परस्त्री सम्बन्धको चंगुलमा परेर एउटी अबोध छोरीले ज्यान गुमाउनुपरेको यस घटनाले वीरगंज र सीमावर्ती क्षेत्रमा ठुलो आक्रोश पैदा गरेको छ।


प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,31,crime,92,entertainment,3,health,20,main news,74,news,168,newspaper,8,newक,2,politics,25,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : दाइजो मात्र होइन, परस्त्री सम्बन्ध लुकाउन खुस्बुको हत्या !
दाइजो मात्र होइन, परस्त्री सम्बन्ध लुकाउन खुस्बुको हत्या !
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglITHhacBtY8Jq2tjawkSfwtbMLF1Ukp_vvuhgH-nldmGVItDEB0xEzK3EHMbK3riKrcoeq9VELHz2Y-6MRZYudAOd-lSqKwaWr8cUiRxMSokytzhSxUBXEsyGv_1cSm9i2y7PlEDyKf4WiYEG14poLhxq07IoG-n1LOvP201Hp_5K5ldcuXdfNo0JqfA/s320/88888.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglITHhacBtY8Jq2tjawkSfwtbMLF1Ukp_vvuhgH-nldmGVItDEB0xEzK3EHMbK3riKrcoeq9VELHz2Y-6MRZYudAOd-lSqKwaWr8cUiRxMSokytzhSxUBXEsyGv_1cSm9i2y7PlEDyKf4WiYEG14poLhxq07IoG-n1LOvP201Hp_5K5ldcuXdfNo0JqfA/s72-c/88888.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2026/06/blog-post_22.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2026/06/blog-post_22.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content