$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

गुणस्तरीय सरकारी उपचारले गरिब जनतालाई निजी अस्पतालको महँगो खर्चबाट राहत

580


वीरगञ्ज, १२ असार। वीरगञ्जस्थित नारायणी अस्पताल पछिल्लो समय सेवा, व्यवस्थापन र उपचार प्रणालीमा उल्लेखनीय सुधार गर्दै सरकारी स्वास्थ्य सेवाको विश्वासिलो केन्द्रका रूपमा स्थापित हुन थालेको छ।

स्थानीय प्रशासन, अस्पताल प्रशासन तथा चिकित्सक – स्वास्थ्यकर्मीहरूको सक्रियताले अस्पतालको सेवा प्रवाहमा आएको सुधारले हजारौं बिरामीलाई प्रत्यक्ष लाभ पुगेको छ।

पहिले सामान्य उपचारका लागि समेत निजी अस्पताल धाउन बाध्य हुने धेरै बिरामी अहिले नारायणी अस्पतालमै सहज, गुणस्तरीय र समयमै उपचार पाउन थालेका छन्।

यसबाट विशेषगरी आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न परिवारले निजी अस्पतालमा लाग्ने महँगो उपचार खर्चबाट राहत पाएका छन्।

अस्पतालमा चिकित्सक, नर्स तथा कर्मचारीहरू नियमित रूपमा तोकिएको समयमा उपस्थित हुने व्यवस्था प्रभावकारी बनेको छ।

यसका कारण बिहानैदेखि उपचारका लागि आउने बिरामीले लामो समय कुर्नुपर्ने अवस्था घटेको छ भने सेवा पनि छिटो र व्यवस्थित रूपमा उपलब्ध हुन थालेको छ।

अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा २४ सै घण्टा सञ्चालनमा रहेको छ। जनरल, प्रसूति तथा अन्य वार्डहरूमा पनि विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित रूपमा उपचार सेवामा खटिएका छन्।

गम्भीर अवस्थाका बिरामीलाई समेत तत्काल उपचार उपलब्ध गराउने व्यवस्था सुदृढ हुँदै गएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वयं वार्ड – वार्डमा पुगेर नियमित तथा आकस्मिक निरीक्षण गर्दै आउनुभएको छ।

बिरामीले कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले उहाँले चिकित्सक तथा कर्मचारीलाई जिम्मेवारीपूर्वक सेवा दिन निर्देशन दिँदै आउनुभएको छ।

सेवालाई अझ पारदर्शी र जवाफदेही बनाउन विभिन्न वार्डहरूमा सिसिटिभी (CCTV) जडान गरिएको छ।

यसको माध्यमबाट कर्मचारीहरूको उपस्थिती, सेवा प्रवाह तथा बिरामीप्रतिको व्यवहारको नियमित अनुगमन भइरहेको छ।

अस्पताल प्रशासनका अनुसार यसबाट कर्मचारीमा अनुशासन र सेवाप्रतिको उत्तरदायित्व अझ बढेको छ।

नारायणी अस्पतालमा हाल सामान्य चिकित्सा, शल्यक्रिया (अपरेशन), स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपचार, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क उपचार तथा निःशुल्क प्रसूति सेवा प्रभावकारी रूपमा सञ्चालनमा छन्।

यी सेवाले दैनिक ज्यालादारी गर्ने श्रमिक, किसान, वृद्धवृद्धा तथा विपन्न परिवारलाई ठूलो आर्थिक राहत दिएको छ।

अस्पतालको सेवा सुधारसँगै पर्सा, बारा, रौतहट लगायतका जिल्लाका साथै छिमेकी भारतबाट समेत उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको बताइएको छ।

स्वास्थ्य अभियन्ता निरञ्जन मिश्रले अस्पताल प्रशासन, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको प्रयासको प्रशंसा गर्दै सरकारी अस्पतालले यस्तै अनुशासित, पारदर्शी र बिरामीमैत्री सेवा निरन्तर दिन सके गरिब नागरिकले निजी अस्पतालको चर्को शुल्क तिर्नुपर्ने बाध्यता धेरै हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभएको छ।





प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,31,crime,92,entertainment,3,health,17,main news,68,news,162,newspaper,8,newक,2,politics,25,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : गुणस्तरीय सरकारी उपचारले गरिब जनतालाई निजी अस्पतालको महँगो खर्चबाट राहत
गुणस्तरीय सरकारी उपचारले गरिब जनतालाई निजी अस्पतालको महँगो खर्चबाट राहत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7IDk2N_8hkjpMTG6bboeT4uQMtUdoQKHoWaNWAfY382Pw8GAdNu_XTk1xBqrUEa0l88EEJ19pcDP7R24xBrxn85V2tN17VbPVYUzVLcrWAexylB13CcD72KIyM94XdX_du9mFBlgHg3pZS5g46YS_t2H-6HbiRHRQtBAUWbKskgn06iZm3Cg5Fqmgv1w/s320/images.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7IDk2N_8hkjpMTG6bboeT4uQMtUdoQKHoWaNWAfY382Pw8GAdNu_XTk1xBqrUEa0l88EEJ19pcDP7R24xBrxn85V2tN17VbPVYUzVLcrWAexylB13CcD72KIyM94XdX_du9mFBlgHg3pZS5g46YS_t2H-6HbiRHRQtBAUWbKskgn06iZm3Cg5Fqmgv1w/s72-c/images.jpeg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2026/06/blog-post_916.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2026/06/blog-post_916.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content