$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

गहवा माईको रथयात्रामा विशेष रौनक ः हेलिकप्टरबाट पुष्प वर्षा र ५६ भोग पूजा मुख्य आकर्षण

580

विशेष संवाददाता

वीरगंज, २७ असार । मधेश प्रदेशकै ऐतिहासिक तथा जनआस्थाको धरोहर मानिने वीरगंजको श्री गहवा माई मन्दिरमा आगामी असार ३२ गतेदेखि चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव - २०८३ू भव्य रूपमा आयोजना हुने भएको छ। 

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले शनिबार एक विशेष प्रेस विज्ञप्ति जारी गर्दै वीरगंजको प्रतिष्ठा र सांस्कृतिक पहिचान बोकेको यस महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

यस वर्षको रथ यात्रा र धार्मिक महोत्सवलाई विगतका वर्षहरूभन्दा थप भव्य र ऐतिहासिक बनाउन समितिले विशेष कार्यक्रमहरूको खाका तयार पारेको छ।

२ दिने पावन महोत्सवका मुख्य आकर्षणहरू 

आकाशबाट पुष्प वर्षा र रथ यात्रास् असार ३२ गते बिहान ठीक ७ ः ३० बजे गहवा माई मन्दिर प्राङ्गणबाट विधिवत् पूजा - अर्चना पश्चात् विशाल रथ यात्रा सुरु हुनेछ। यस पटकको मुख्य आकर्षणको रूपमा, रथ यात्राको मार्गमा आकाशबाट हेलिकप्टरद्वारा पुष्प वर्षा गरिने समितिले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भजन सन्ध्या

असार ३२ गते नै साँझ ६ ः ०० बजेदेखि मन्दिर प्राङ्गणमा देश तथा विदेशका प्रख्यात भजन कलाकारहरूद्वारा विशेष साङ्गीतिक प्रस्तुति ( भजन सन्ध्या ) रहनेछ।

५६ भोग पूजास् श्रावण १ गते बिहान ६ ः ०० बजेदेखि माता गहवा माईलाई ५६ प्रकारका परिकारहरू समावेश गरी ५६ भोगु को विशेष पूजा अर्पण गरिनेछ।

विशाल महाप्रसाद भण्डारास् महोत्सवको समापनको अवसरमा श्रावण १ गते दिउँसो ४स्०० बजेदेखि मन्दिर प्राङ्गणमा हजारौँ भक्तजनहरूका लागि विशाल भण्डारा ९महाप्रसाद वितरण० को व्यवस्था गरिएको छ।

जनसुरक्षाका लागि सडक तोडफोड स्थगित गर्न पत्राचार

महोत्सवमा लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको आगमन हुने अनुमान गरिएको छ। भक्तजनहरूको सुरक्षा, सुगमता र सहज आवतजावतलाई मध्यनजर गर्दै रथ यात्रा अवधिभर वीरगंजको मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा तोडफोडका सम्पूर्ण कार्यहरू स्थगित गरिदिन सडक डिभिजन कार्यालयलाई औपचारिक पत्राचार गरिसकिएको समितिले विशेष जानकारी दिएको छ।

नगरवासी र नागरिक समाजलाई भव्य स्वागतको अपिल

यो महोत्सव केवल एउटा धार्मिक अनुष्ठान मात्र नभई सम्पूर्ण वीरगंजकै गौरव र सांस्कृतिक पहिचानको उत्सव भएको भन्दै समितिले सम्पूर्ण नगरवासीमा ऐक्यबद्धताका लागि हार्दिक अपिल गरेको छ।

समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता ( पप्पु गुप्ता ) , रथ यात्रा २०८३ का संयोजक बसन्त कुमार गुप्ता र प्रचार प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्ताले वीरगंजका सम्पूर्ण सामाजिक, धार्मिक, जातीय, व्यावसायिक सङ्घ - संस्था, बुद्धिजीवी एवं नागरिक समाजलाई रथ यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ।

साथै, रथ यात्रा गुड्ने मार्गमा पर्ने घर र व्यावसायिक प्रतिष्ठानहरूका अगाडि कलश राख्न, तोरण बाँध्न, दीप प्रज्वलन गरी माताको स्वागत गर्न र टाढा - टाढाबाट आउने श्रद्धालुहरूका लागि खानेपानी तथा सर्वत जस्ता सेवामूलक कार्यहरू गरी सहयोग पुर्‍याउन समेत अपिल गरिएको छ।

हाम्रो धर्म, संस्कृति र ऐतिहासिक धरोहरको प्रवर्द्धनमा आम सञ्चारमाध्यमको भूमिका अग्रणी रहने भन्दै समितिले सम्पूर्ण पत्रकार मित्रहरूलाई यस ऐतिहासिक महोत्सवको व्यापक प्रचार - प्रसार तथा प्रत्यक्ष प्रसारण  गरी गरिमामय सहयोग पुर्‍याइदिन विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,31,crime,92,entertainment,3,health,20,main news,72,news,168,newspaper,8,newक,2,politics,25,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : गहवा माईको रथयात्रामा विशेष रौनक ः हेलिकप्टरबाट पुष्प वर्षा र ५६ भोग पूजा मुख्य आकर्षण
गहवा माईको रथयात्रामा विशेष रौनक ः हेलिकप्टरबाट पुष्प वर्षा र ५६ भोग पूजा मुख्य आकर्षण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0RnbwBY33Hty7-aU1ixLV9UJjOEFDHGtEjw2qCK_jiEkxKQdLL-Azl6EXWz70Rkga-inbYCIFSoPqZDnI8V1p33shFx1_gO8qwnYYQdJunXHVO7B1zgwQ2Xo7MIlx6nQ03uBmnX3ALnlAOVn-yXOYfpLVz5CyxNloZKu35C7WhWvvKLJPmcJVnirSwME/s320/111111.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0RnbwBY33Hty7-aU1ixLV9UJjOEFDHGtEjw2qCK_jiEkxKQdLL-Azl6EXWz70Rkga-inbYCIFSoPqZDnI8V1p33shFx1_gO8qwnYYQdJunXHVO7B1zgwQ2Xo7MIlx6nQ03uBmnX3ALnlAOVn-yXOYfpLVz5CyxNloZKu35C7WhWvvKLJPmcJVnirSwME/s72-c/111111.jpeg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2026/07/blog-post_11.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2026/07/blog-post_11.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content