बीरगंज २४ असार । काठमाडौँ उपत्यका र काभ्रेमा जोखिमस् देशका अधिकांश जिल्लामा बर्डफ्लु नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा यसको जोखिम अझै कायम छ।
काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ भने झापा, मोरङ, चितवन लगायतका जिल्लामा पूर्ण नियन्त्रण भइसकेको छ।
संक्रमण नियन्त्रणका लागि हालसम्म देशभर ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा र २ लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ।
नष्ट गरिएकामध्ये उपत्यका र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना रहेका छन्।
सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारी सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने लगायतका नियन्त्रणका कार्यहरू अघि बढाइएको पशु सेवा विभागले जनाएको छ।





प्रतिक्रिया