
बीरगंज २४ असार। नेपाल मेडिकल काउन्सिल काठमाण्डाैले देशभर विना अनुमति र न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन तीनै तहका सरकारलाई औपचारिक पत्राचार गरेको समाचार छ।
नागरिकहरूबाट व्यापक गुनासो आएपछि काउन्सिलले गरेको विशेष अनुगमनका क्रममा थुप्रै स्वास्थ्य संस्थाहरू दर्ता विनै सञ्चालनमा रहेको र तोकिएको मापदण्ड पालना नगरेको पाइएको थियो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार थप अनुगमन र आवश्यक कानुनी कारबाहीका लागि संघीय सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयहरू, स्वास्थ्य निर्देशनालयहरू र सबै स्थानीय तहलाई पत्राचार गरिएको हो।




प्रतिक्रिया