बीरगंज २४ असार । पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालयले भारतीय पर्यटकका सवारी साधनलाई निःशुल्क रसिद काटेर प्रवेश दिन सुरु गरेको समाचार छ।
यो व्यवस्थासँगै केही दिनदेखि सुस्त बनेको ठोरीको पर्यटन व्यवसाय फेरि लयमा फर्किन थालेको छ।
वीरगन्ज भन्सार कार्यालयका लेखापाल हृदयनारायण साहका अनुसार अब यस भन्सारमा एक जना नायब सुब्बा र एक जना कार्यालय सहयोगी नियमित रूपमा खटिनेछन्।
स्थानीय होटल व्यवसायी धीरसिंह घिमिरेले १ अर्बभन्दा बढी लगानी भएको ठोरीको पर्यटन क्षेत्रका लागि सरकारको यो निर्णयले ठूलो राहत मिलेको बताएका छन्।
अब ठोरी आउने भारतीय पर्यटकले वरपरको ४/५ किलोमिटर क्षेत्रसम्म बिनाकुनै अवरोध आवतजावत गर्न पाउनेछन्।





प्रतिक्रिया