बीरगंज २४ असार । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे र इन्द्रजित राईसहित १५ जनालाई जिल्ला अदालत काठमाण्डौका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहर गरेको छ।
७ जनाले पाए सफाइस् कसुर पुष्टि नभएकाले टोपबहादुरका छोरा सन्दीप रायमाझी, प्रतीक थापा, रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी गरी ७ जनाले सफाइ पाएका छन्।
फरार प्रतिवादीहरूस् फरार रहेका ८ जना प्रतिवादीहरूको हकमा भने पक्राउ परेपछि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्नेछ।
सजाय निर्धारणस् दोषी ठहर भएका व्यक्तिहरूका लागि सजाय तोक्न असार २९ गतेका लागि पेसी तोकिएको छ।





प्रतिक्रिया