बीरगंज १२ फागुन। रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालको ५० औं स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको दृष्टि स्तम्भ र अस्पतालको नयाँ प्रस्तावित भवनको आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिलान्यास गरीनुकाे साथै अस्पतालको स्वर्ण महोत्सव कार्यक्रमकाे समुद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा केडिया आँखा अस्पताललाई मुलुकै नमुना अस्पतालको रूपमा विकसित गर्न अनुरोध गर्नु भयाे ।
आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको उहाँले बताए ।
आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको उहाँले जनाए । केडिया आँखा अस्पतालले मधेशमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको उहाँले बताए ।
दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेश प्रदेशको रौतहट र सर्लाहीको पश्चिमी भेग तथा छिमेकी मूल भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएकोमा उहाँले कार्यक्रममा खुसी समेत व्यक्त गर्नु भएकाे थियाे ।
उहाँले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखा बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको बताए ।
यो क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस्पतालले आफ्नोे स्थापनाकाल देखि आँखा उपचारमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको उहाँले जनाए । समयानुकूल आँखा अस्पतालको सेवा पनि विस्तार गर्दै आइरहेको उहाँले बताए ।
आगामी दिनमा अझै गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्न उहाँले कार्यक्रममा अनुरोध समेत गर्नुभयाे ।
अस्पतालले ५० वर्षे योगदानलाई स्मरण गर्दै विगतका कमी कमजोरीलाई सुधार्दै बढ्नका लागि पनि जरूरी रहेकाे, उहाँले भन्नुभयो ।
अस्पतालले उच्चस्तरीय उपचार सेवालाई अझै सशक्तीकरण गरेर दृष्टिमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ अग्रसर हुन उहाँले अनुरोध गर्नुभयाे ।
रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालका अध्यक्ष राजेश कुमार केडियाले ५० वर्षअघि वीरगंजको लोहार पट्टीमा पाँच श्ययाको आँखा अस्पताललाई अहिले एक सय ७५ श्ययाको सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्न सकेको बताए ।
५० वर्षको अवधिमा अस्पतालले २७ लाखभन्दा धेरै बिरामीको आँखाको उपचार गरेकाे अध्यक्ष केडियाले जनाए । सो अवधिमा आँखाको शल्यक्रिया पनि झण्डै चार लाखको हाराहारीमा गरेकाे उहाँले बताए।
जसमध्ये एक लाख ८२ हजार जनाको आँखाको शल्यक्रिया निःशुल्क गरेकाे उहाँले जनाए । साथै उहाँले आगामी दिनमा अस्पतालको सेवालाई अझै उच्चस्तरीय बनाउँदै आँखा बैंककाे स्थापना गर्ने कार्यक्रममा घोषणा समेत गर्नु भयाे ।
सोही अवसरमा स्वर्गीय हीरालाल केडिया सम्मानबाट प्रा. डा. सुनु दुलाल सम्मानित हुनुभएको छ । रू दुई लाख ५१ हजार एक सय ५१ नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
त्यसैगरी दृष्टिविहीन बालबालिका तथा शारीरिक रूपमा अशक्त भएकालाई नगदसहित ह्विलचेयन पनि प्रदान गरिएको थियो ।
तिताेरी युनिभर्सिटी हस्पिटल - जपानका प्राे.डा. जुनसुके अकुरा, नेत्रज्योत्ति सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्त, प्रा. डा. देवनारायण साह, डा. राम प्रसाद पाेखरेलले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालको ५० औं स्वर्ण महोत्सवकाे शुभकामना ब्यक्त गर्नुकाे साथै नेपालमा आँखाको उपचारमा पछिल्लो समय भन्दा अहिले निकै राम्रो सुधार भएको जनाउनु भयाे ।
कार्यक्रममा केडिया अर्गेनाइजेशनका बरीष्ठ समाजसेवी तारा केडिया, रमेश केडिया, बीरगंज उधाेग बाणिज्य संघका पुर्व अध्यक्ष प्रदिप केडिया, रतन लाल केडिया, सुनिल कुमार केडिया, नारायाणी अस्पताल बीरगंजका बरीष्ठ चिकित्सक डा. निरज सिहं, डा. नितिन कुमार तुल्स्यान, डा. रशिम ठाकुर, डा. कृष्ण कान्त गुप्ता, डा. सरिता यादव, डा. जगदिश अग्रवाल, डा. रन्जन झा, शम्भु प्रसाद कुशवाहा, श्याम पाेखरेल, रबिन्द्रलाल चाैधरी, भगवति चाैधरी, सिताराम उपाध्याय, इ.संजय कुमार खेतान, डा. बिर सिहं थापा, मधु राना, अधिवाक्ता बालमुकुन्द खरेल, स्पतालका प्रशासन प्रमुख प्रकाश बर्मा, श्रीकान्त प्रसाद कानु, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, प्रेस चाैतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र, रिपाेटर्स क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता लगायत महानुभावहरूकाे उपस्थिति थियाे ।
रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालको ५० औं स्वर्ण महोत्सव कार्यक्रमकाे सभापति पुर्व अस्पताल ब्यवस्थापक अध्यक्ष स्व.हिरालाल केडियाकाे धर्मपत्नि परमेश्वरी देवी केडियाकाे सभापित्वमा कार्यक्रम सम्पन्न भयाे । भने कार्यक्रममा स्वागत मन्तब्य अस्पताल ब्यवस्थापक अध्यक्ष राजेश केडियाले गर्नु भएकाे थियाे ।
प्रतिक्रिया