बीरगंज ६ माघ । बीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित रहेकाे गुगल एकेडेमी बिधालयकाे बार्षिकाेत्सव तथा उत्कृष्ट पुरस्कार बितरण कार्यक्रम बिधालयकाे प्रङ्गनमा साेमबार सम्पन्न भयाे ।
साे बार्षिकाेत्सव तथा उत्कृष्ट पुरस्कार बितरण कार्यक्रमका अध्यक्ष उक्त बिधालयका प्रधानाध्यापक नरेश राउत कुर्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथी बीरगंज उधाेग बाणिज्य संघका महासचिव शिवजी प्रसाद साह कलवारले पानसमा दिप प्रज्जवलित गरी साे बिधालयकाे बार्षिकाेत्सव तथा उत्कृष्ट पुरस्कार बितरण कार्यक्रमकाे समुदघाटन गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा बिधालयका उत्कृष्ट बिधार्थी नरेश पटेल र कृतिका चाैधरीलाइ बिधालयले बिधार्थी अफ द इयरबाट सम्मानित गरयाे ।
यसैगरी साे बिधालयका अभिभावक रमिता कुमारी र नरेश पटेललाइ बिधालयले अभिभावक अफ द इयरबाट सम्मानित गरेकाे थियाे ।
भने बिधालयका शिक्षक राधेश्याम राैनियार र शिक्षिका सम्झना चाैधरी, जेनिशा ब्लाेन लामालाइ समेत बिधालयले शैक्षिक अफ द इयरबाट सम्मान गरयाे ।
कार्यक्रमका प्रमुख अतिथी बीरगंज उधाेग बाणिज्य संघका महासचिव कलवार लगायत बिशिष्ट अतिथी कृषि अनुसन्धान केन्द्र बाराका निर्देशक डा. बिशेश्वर प्रसाद यादव, श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगंजका प्रमुख सैनानी श्री लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, एन प्याब्सन नगर समितिका अध्यक्ष जियालाल गुप्ता, ज्ञानदा एकेडेमी बीरगंजका सि.इ.ओ. राजेन्द्र काेइराला, भास्कार हर्बल हेल्थ टकिल्स प्रा.लि.का डा. राजु बैठा, मानव आश्रम, वीरगंजका देवेश प्रसाद, नेपाल बार एसाेसिएसन पर्साका अध्यक्ष अधिवक्ता राम नारायाण कुर्मीले शुभकामना मन्तब्य ब्यक्त गरीनुका साथै उत्कृष्ट बिधाथी,अभिभावक तथा शिक्षक शिक्षिकालाइ पुरस्कृत गर्नु भएकाे थियाे ।
गुगल एकेडेमी बिधालयका संयाेजक शान्त कुमार लामाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएका थिए । भने कार्यक्रम संचालन शान्त कलवार र प्रेरणा श्रीवास्तवले गरेकी थिइन । साथै कार्यक्रमका प्रमुख अतिथी र बिशिष्ट अतिथिहरूलाइ बिधालयका प्रधानाध्यपक कुर्मीले मायाकाे चिन्हाे प्रदान गर्नु भएकाे थियाे ।









प्रतिक्रिया