बीरगंज ६ माघ । आम जनता पार्टीबाट नेपालका चर्चित पत्रकार ऋषि धमलाले रौतहटकाे क्षेत्र नं. ४ बाट आज उम्मेदवारी दर्ता गराएका छन ।
राैतहटकाे क्षेत्र नं. ४ मा विकासको अवस्था धेरै नाजुक छ र मैले गर्नुपर्ने धेरै कामहरू रहेका छन । त्यसलाइ म गरेर देखाउँछु भन्ने बिश्वासकासाथ उम्मेदवारी दर्ता गराएकाे कुरा धमलाले बताए ।
रौतहटबासीकाे भावना र चाहाना नै बुझेर मैले रौतहटकाे क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराउन आएको उम्मेदवार धमलाले जनाए ।
पत्रकार धमला रिपाेटर्स क्लव नेपालका केन्द्रिय अध्यक्ष रहँदा समेत नेपालकाे बिभिन्न जिल्लाकाे ग्रामिण क्षेत्र देखि लिएर शहरी क्षेत्रकाे बिकास र जनताकाे पिडालाइ उजागर गर्दै जनप्रतिनिधिहरूबाट सम्बाेधन गराउन अहाेरात्र रेडियाे, टि.बी. लगायत रिपाेटर्स क्लब नेपालकाे साक्षात्कार कार्यक्रम मार्फत प्रयास गर्दै आएकाे कुरा सर्वबिदितै छ ।
त्यसैगरी उहाँ प्राइम टि.बी का अध्यक्ष भएपछी थप टि.बी.मार्फत जनताकाे भावाना अनुसारकाे चाहाना अनुकुल
संचारमाध्यम मार्फत आवाजलाइ अगाडी बढाउँदै आउनु भएकाे छ ।
साेही क्रममा जनताकाे चाहाना अनुकुल काम नबढेका कारण उहाँ बाध्य भएर राजनिति क्षेत्रमा पाइला टेक्दै राैतहट जिल्लाकाे सबैभन्दा पछाडि परेकाे रौतहट क्षेत्र नं. ४ बाट धमलाले उम्मेदवारी दर्ता गराएका हुन।
चर्चित पत्रकार धमलाकाे जन्मथलो धादिङ जिल्ला र कर्मथलो नेपालकाे राजधानी काठमाण्डाै बनाएका धमलाले रौतहट जिल्लाबासीकालागी आफूले रौतहटबाट उम्मेदवारी दिएको जनाए ।





प्रतिक्रिया