बीरगंज ८ माघ । तवसिफ ट्रेडर्सका इब्राहिम मियाँ अंसारीले ४ लाख रूपैयाँकाे भाैचरमा उनले ४ लाख लेखिएकाे अगाडी १ थपेर १४ लाख रूपैयाँकाे नक्कली भाैचर तैयार पारेर म हाकिम मियाँ गदीलाइ ठगी गरेकाे आराेप बिहिबार पत्रकार सम्मेलनमा लगाए ।
पिडित गदी सहित उनका दुवै छाेराले बिहिबार नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा गरेकाे पत्रकार सम्मेलनमा बताए ।
२०८१ / ०८ / २८ गते बकसिस मियाँकाे अगाडी तवसिफ ट्रेडर्सका इब्राहिम मियाँ अंसारीले कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीलाई ४ लाख रुपैयाँ नगद दिई भौचरमा सहिछाप गराएको कागजातमा ४ लाख रुपैयाँको अगाडी १ थपेर १४ लाख रुपैयाँको नक्कली भौचर तयार पारी म पिडित गदी कम्पाईन खरीदकर्ताको रकम पचाउने बदनियत देखेपछि बाध्यभइ जिल्ला प्रहरी कार्यालय पर्सामा मिति २०८२ / ०३ / १५ गते ठगी मुद्दाको जाहेरी दर्ता गराएको कुरा पत्रकार सम्मेल्लनमा जनाए।
साे पत्रकार सम्मेलनमा बितरण गरीएकाे प्रेस बिज्ञप्तिमा ः पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नं ३ मा बस्ने पिडित हाकिम मियाँ गदीले २०८१ साल श्रावण १४ गते तवसिफ ट्रेडर्स पर्सागढी न.पा.वडा नं. ७, बागेश्वरी, तित्राैना पर्साका इब्राहिम मियाँ अंसारीसँग धान र गहुँ काट्ने मेसिन कम्पाईन हर्वेस्टर किन्नकालागी नगद रु १४ लाख ५० हजार रुपैयाँ ऋण लिई दिएको उल्लेख छ ।
भने उक्त रुपैयाँ इब्राहिम मियाँ अंसारीलाई दिईदै गर्दा अंसारीको छोरा तबरेज मियाँ अंसारी र उनका साथी बकसिस मियाँ समेतकाे उपस्थिति रहेकाे कुरा बिज्ञप्तिमा जनाइएकाे छ ।
त्यस समय मौखिक रुपले कार्तिक महिनामा धान काट्ने समयमा मेसिन उपलब्ध गराउन इब्राहिम मियाँ अंसारीले हाकिम मियाँ गदीलाई बचन बद्धाता छोरा तबरेज मियाँ अन्सारीको अगाडी जाहेर गरेकाे बिज्ञप्तिमा उल्लेख छ।
तर पछि हाकिम मियाँ गदीले कम्पाईन मेशिन लिन जाँदा इब्राहिम मियाँ अंसारीले कम्पाईन मेसिन उपलब्ध नगराउन सके पछि बिबाद चर्कियाे र सो स्थानमा उनका छोरा तबरेज मियाँ समेत उपस्थति रहेकाे बिज्ञप्तिमा जनाइएकाे छ।
उक्त बिज्ञप्तिमा सो बिबादलाई लिएर कार्तिक महिनामा पंचायती भयो। पंचायतीमा इब्राहिम मियाँ अन्सारीको तर्फबाट उनका बहिनी ज्वाइँ पुर्व बिधायक मञ्जुर मियाँ अंसारी, भान्जा आरीफ मियाँ अंसारी, उनका छोरा तबरेज मियाँ अंसारी र उनक साथी बकसिस मियाँ रहेका थिए।
भने हाकिम मियाँ गदीका तर्फबाट शरीफ मियाँ गदी, अंगुर अंसारी, मुस्तुफा अंसारी लगायत रहनुभएको बिज्ञप्ति उल्लेख गरीएकाे छ।
पुर्व बिधायक अन्सारीको बीरगंज स्थित रहेको तिन तल्ले घरमा बसेर गरीएकाे उक्त पंचायतीमा मंसिर महिना भित्र रु ५ लाख इब्राहिम मियाँ अंसारीले कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीलाई फिर्ता गर्न निर्णय गरीएकाे कुरा बिज्ञप्तिमा जनाइएकाे छ ।
सोही निर्णयानुसार रकम मध्ये नगद ४ लाख रुपैयाँ पंच बकसिस मियाँकाे अगाडी २०८१ / ०८ / २८ गते का दिन इब्राहिम मियाँ अंसारीले कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीलाई ४ लाख रुपैयाँ नगद फिर्ता गरे र ४ लाख रुपैयाँको भर्पाइ इब्राहिम मियाँ अंसारीले आफ्नो हातले लाईन दार कागजमा लेखेर कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीसँग सहीछाप पंच बकसिस मियाँको अगाडी गराइएकाे कुरा बिज्ञप्ति उल्लेख गरीएकाे छ ।
त्यसको एक दिनपछि १ लाख रुपैयाँ नगद इब्राहिम मियाँ अंसारीले मंसिर महिना भित्र कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीलाई फिर्ता समेत दिएकाे बिज्ञप्तिमा भनिएकाे छ।
पंचायतीमा बाँकी रुपैयाँ माघ महिनाको अन्तिममा पुर्व बिधायक मन्जुर मियाँ र आरीफ अंसारीले ९ लाख ५० हजार रुपैयाँ दिने मौखिक रुपमा साकार गरेकाे बिज्ञप्तिमा उल्लेख छ ।
जब माघ महिनाको अन्तिम समय पुग्यो तब आरिफ मियाँले ४ लाख र २ लाख इब्राहिम मियाँ अंसारीले कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीलाई फिर्ता पंच बकसिस मियाँका अगाडी मात्र ६ लाख रुपैयाँ दिई ९ लाख ५० हजार रुपैयाँको भर्पाइ कागजमा इब्राहिम मियाँ अंसारीले सहीछाप गर्न भनेपछि म कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीले नमानेपछि पुनः बिबाद उत्पन्न भएकाे कुरा बिज्ञप्तिमा जनाइएकाे छ ।
पिडित कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदीले पंच पुर्व बिधायक मन्जुर मियाँलाई बारम्बार मोवाइलमा सम्पर्क गर्न खोज्दा उहाँले मोवाइल न उठाएपछि बाध्यभई पंचायतीमा पंचहरुले सहमति अनुसार निर्णय गरेको रकम पाउ भन्दै मिति २०८१ / ११ / २५ गते जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दर्ता गराएकाे कुरा बिज्ञप्तिमा उल्लेख गरीएकाे छ ।
कम्पाइन बिक्रीकर्ता इब्राहिम मियाँ र उनका तर्फबाट आएका पंचहरु जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित नभइ उल्टै उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजबाट म कम्पाईन खरीदकर्ता हाकिम मियाँ गदी सहित प्रहरी प्रशासनमाथि समेत २०८२ बैशाख २२ गते निशेधाज्ञा जारी गराएकाे कुरा बिज्ञप्तिमा समेत उल्लेख छ ।





प्रतिक्रिया