
बीरगंज ८ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी रहेको समाचार छ ।
चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
महाेतरीकाे चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र रहेका छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४ मा १३ जना छन् ।
स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
जिल्लामा १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । भने दलगतभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी रहेकाे छ ।
जिल्लाका चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता गराउने १९ महिलामध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जनाएका छन ।
निर्वाचन क्षेत्र–१ मा पाँच, २ मा पाँच, ३ मा २ र ४ मा सात गरी जम्मा १९ जना महिला उम्मेदवार रहेका छन् ।




प्रतिक्रिया