वीरगंज १५ माघ । प्रेस चाैतारी नेपाल पर्साकाे बैठक आज बीरगंजकाे त्रिजुद्ध माध्यमिक बिधालयकाे सभाहलमा चाैतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रकाे अध्यक्षतामा बसेकाे बैठकले फागुन २१ हुन लागेकाे प्रतिनिधि सभाकाे निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाइ निर्वाचित गराउन कुनै कसर बाँकी नराखी सक्रिय भूमिका खेल्ने जनायाे।
बैठकले चाैतारी पर्साका जिल्ला पदाधिकारी लगायत सदस्यहरूलाइ उम्मेदवारसँग समन्वय गर्दै जिम्मेवार र प्रभावकारी रूपमा समाचार सम्प्रेषण गर्न निर्देशन दिएको छ।
निर्वाचनको संवेदनशील समयमा अनुशासित र संगठनको नीतिअनुसार सञ्चार भूमिका निर्वाह गर्नुपर्ने बैठकले जनायाे।
बैठकमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष एवं चाैतारीका नेता श्याम बन्जारा, नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समितिका संयाेजक एवं चाैतारीका नेता के.सी.लामीछाने, प्रेस चौतारी नेपाल मधेश प्रदेशका इन्चार्ज अच्युत पौडेल, मधेश प्रदेशका अध्यक्ष लालबाबु शेख, नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दास, प्रचार विभाग प्रमुख सुन्दर प्रसाद कुर्मी र प्रेस चौतारी पर्साका इन्चार्ज तुलसी भण्डारीले वर्तमान अवस्थामा प्रेस चौतारीले निर्वाह गर्नुपर्ने भूमिकाबारे धारणा ब्यक्त गर्नु भएकाे थियाे।
बैठकका प्रमुख अतिथि तथा नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दासले पार्टी निकट रहेका पत्रकारहरूले अनुशासन, जिम्मेवारी र मर्यादामा रही निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्न बैठकमा अनुराेध गर्नु भयाे।
उहाँले संगठनात्मक एकता र प्रभावकारी सञ्चार रणनीतिबाट निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभएकाे थियाे।
भने बैठकमा प्रेस चौतारी नेपाल मधेश प्रदेश सदस्य कन्हैया गुप्ता लगायत पर्सा जिल्लाका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।





प्रतिक्रिया