१२ औं अन्तराष्ट्रिय योग दिवसको पुर्व सन्ध्यामा स्वाथ्य बुढयौलीकालागी योग भन्ने नारा साथ चितवन जिल्लाको भरतपुर स्थित पबित्र एवम शान्त नारायाणी नदी किनारमा योगा कार्यक्रमको आयोजना गरेको जनाए ।
योगालाई उत्सवको एक हिस्साका रुपमा महावाणिज्य राजदुतावास कार्यालय वीरगंजले कार्यक्रमहरुको यो दोश्रो कार्यक्रम रहेको बताए ।
३५० जनाभन्दा बढी योग प्रेमीहरुको सहभागिता रहेको जानाउनु भयो ।
उक्त योगले स्वास्थ्य, सदभाव र समग्र कल्याणको लागी योगको सन्देशलाई उजागर गरेको बताउनु भयो ।
बागमति प्रदेशकी माननिय सहकारी तथा गरीबी निबारण मन्त्री बिनु रायमाझीको मुख्य अतिथी रहेको कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका एसपी, राष्ट्रिय अनुसन्धान बिभागका एसपी, लगायतका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसै क्रममा हिजो मंगलबार एक स्थानमा भव्य रूपमा शिविर सम्पन्न गरिएको र आज बुधबार मकवानपुर जिल्लाको हेटौँडामा योग शिविर आयोजना भइरहेको जानकारी भारतीय महावाणिज्य दूत मिणाले गराउनुभयो।
नागरिकमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्न, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति चेतना जगाउन र नेपाल–भारतबीचको प्राचीन सांस्कृतिक एवम जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले दूतावासले यो अभियान चलाएको हो।
हेटौँडामा आयोजित आजको शिविरमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्निय सहभागिता रहने बताए ।





प्रतिक्रिया